काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २२० पुगेको छ। नेपाल प्रहरीले विभिन्न जिल्लाबाट प्राप्त विवरणका आधारमा उक्त तथ्यांक सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा बढी १०८ जनाको शव फेला परेको छ। यस्तै, पूर्वनवलपरासीमा ३२, धादिङमा २७, गोरखामा २०, तनहुँमा १३, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा ६ र रसुवामा २ जनाको शव फेला परेको छ।
बाढीमा परी विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। नदीले बगाएर ल्याएका शवहरू तल्लो तटीय क्षेत्रमा समेत फेला परिरहेका कारण मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
३६१ जना घाइते
प्रहरीका अनुसार बाढीमा परी ३६१ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेकाले थप मानवीय क्षतिको विवरण संकलन भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्