ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति


ABC NEWS
११ भदौ २०८३, बिहिबार   २ : ५५   बजे

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनः सञ्चालनमा ल्याएको छ।

प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो।

यस्तै, त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनमार्फत समेत विद्युत् आपूर्ति भइरहेको छ।

विद्युत् सेवा थप नियमित बनाउने प्रयास

चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी तथा ११ केभी लाइन र बालाजु–त्रिशूली ११ केभी लाइन सञ्चालनमा ल्याउन प्राविधिक काम तीव्र पारिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा विद्युत् सेवा सकेसम्म बिहीबार साँझसम्म थप नियमित बनाउने प्रयास भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको निरीक्षण तथा मर्मतका साथै वैकल्पिक आपूर्ति व्यवस्थापनका लागि काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, उपकरण र आवश्यक स्रोतसाधनसहितका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनासँगै वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति निरन्तर राख्न आवश्यक सबै प्राविधिक उपाय अपनाइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

Low-Wage Workers Face Threats as Corporate Leaders Remain Silent

Imagining a World Without 9/11: The Impact on America and Beyond

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu