रसुवा । रसुवाको भोटेकोसी खोलामा आएको बाढीपछि एनएमबी बैंकको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्। उनीहरू भदौ ११ गतेदेखि सम्पर्कमा नआएको बैंकले जनाएको छ।
एनएमबी बैंकका अनुसार धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढीका कारण उनीहरूसँग सम्पर्क टुटेको बैंकले जनाएको छ।
बैंकले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। साथै, उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भए तत्काल बैंकलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
खोजी तथा उद्धार जारी
बैंकले खोज तथा उद्धारका लागि टोली परिचालन गर्नुका साथै स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ।
बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो क्षति भएको र सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन बाँकी रहेको बैंकले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्