ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ४ : ४५   बजे

बुटवल । चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि लुम्बिनी प्रदेशका ९७ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

लुम्बिनी प्रदेश सरकारले दिएको जानकारीअनुसार उनीहरू विभिन्न कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

प्रदेश सरकारले सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउन तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

रुपन्देहीका सबैभन्दा धेरै २५ जना सम्पर्कविहीन

प्रदेश सरकारका अनुसार सम्पर्कविहीनमध्ये रुपन्देहीका सबैभन्दा धेरै २५ जना रहेका छन्। त्यसपछि दाङका १५ जना र रोल्पाका १४ जना सम्पर्कविहीन भएका छन्।

यस्तै, अर्घाखाँचीका नौ जना, बर्दियाका आठ जना, गुल्मीका छ जना, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का छ जना, पाल्पाका पाँच जना, प्युठानका पाँच जना तथा कपिलवस्तुका चार जना सम्पर्कविहीन रहेको जनाइएको छ।

सम्पर्कविहीन भएकामध्ये अधिकांश विभिन्न जलविद्युत् आयोजना, निर्माण कार्य तथा अन्य पेसासम्बन्धी कामका लागि रसुवा पुगेका थिए। सरकारी सेवामा कार्यरत कर्मचारी तथा घुम्न गएका केही व्यक्ति पनि सम्पर्कविहीन रहेको प्रदेश सरकारले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको र सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउन विभिन्न सरकारी तथा सुरक्षा निकायसँग समन्वय भइरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत गर्न जय नेपाल पार्टीको माग

हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको बाढी: वैज्ञानिक विश्लेषण

सम्बन्धित

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

लुम्बिनीका तीन सांसदलाई जसपा नेपालको पुनः २४ घण्टे स्पष्टीकरण

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu