ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ५ : ५५   बजे

सुर्खेत । रसुवामा आएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका २१६ जना नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये ३१ जना आफन्तको सम्पर्कमा आएका छन् भने अझै १८५ जनाको अवस्था अज्ञात रहेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार बिहीबार दिउँसो २ बजेसम्मको विवरणमा कर्णालीबाट रसुवा पुगेका २१६ जना बाढीपछि सम्पर्कविहीन भएका थिए। उनीहरूमा १८२ पुरुष, २६ महिला, पाँच बालक र तीन बालिका रहेका छन्।

हालसम्म २९ पुरुष, एक महिला र एक बालक गरी ३१ जना आफन्तको सम्पर्कमा आएका छन्।

प्रहरीका अनुसार जुम्लाबाट सम्पर्कविहीन भएका ८४ जनामध्ये १४ जना सम्पर्कमा आएका छन् भने ७० जनाको अवस्था अझै अज्ञात छ। सल्यानका ५२ जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने ४८ जना सम्पर्कबाहिर छन्।

त्यस्तै, सुर्खेतका १९ जनामध्ये तीन जना, मुगुका १६ जनामध्ये तीन जना, रुकुम पश्चिमका १५ जनामध्ये तीन जना तथा हुम्लाका १२ जनामध्ये तीन जना आफन्तको सम्पर्कमा आएका छन्।

जाजरकोटका तीन जनामध्ये एक जना सम्पर्कमा आएका छन्। दैलेख र कालीकोटबाट सम्पर्कविहीन भएका नागरिकमध्ये हालसम्म कोही पनि सम्पर्कमा आउन सकेका छैनन्। डोल्पाबाट दुई जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएकोमा दुवै जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क विच्छेद भएका कारण सम्पर्कविहीन नागरिकको अवस्थाबारे यकिन विवरण प्राप्त गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

खोजी तथा सम्पर्क प्रयास तीव्र

प्रहरी प्रवक्ता राठौरका अनुसार सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी लिन खोजी तथा सम्पर्कको प्रयास तीव्र पारिएको छ।

रोजगारी तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका कर्णालीका नागरिक बाढीमा परेपछि उनीहरूका परिवार चिन्तित बनेका छन्। आफन्तहरूले सुरक्षा निकायसँग सम्पर्क हुन नसकेका १८५ जनाको अवस्था यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढी : जुम्लाका २० जना सम्पर्कमा आए, ५६ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढी: नेपाललाई अन्तर्राष्ट्रिय साथ, भारतदेखि राष्ट्रसंघसम्म सहयोगको प्रतिबद्धता

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu