ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्कालीन सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ६ : ०५   बजे

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा आगलागीजस्ता प्राकृतिक विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका विपद् उद्धारमा खटिने जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार विपद्का समयमा अग्रपङ्क्तिमा रहेर जोखिमपूर्ण अवस्थामा उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको मनोबल बढाउन भत्ता तथा दैनिक खाजा खर्च वृद्धि गर्न लागिएको हो।

बैठकको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाउन आफ्नो तालुकदार मन्त्रालयमा पत्राचार गर्नेछन्। त्यसपछि सम्बन्धित मन्त्रालयबाट औपचारिक निर्णय गरी सोहीअनुसार सेवा सुविधा कार्यान्वयन गरिनेछ।

सुरक्षाकर्मीको सेवा सुविधा बढाइने

प्राकृतिक विपद्का समयमा जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न थप सेवा सुविधा उपलब्ध गराउने विषयमा बैठकमा छलफल भएको थियो।

विपद्कालीन कार्यमा खटिने सुरक्षाकर्मीले हाल प्राप्त गर्दै आएको भत्ता तथा दैनिक खाजा खर्च पर्याप्त नभएको गुनासो रहँदै आएको थियो। नयाँ व्यवस्थाले उनीहरूको मनोबल बढाउनुका साथै विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालन गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढी : जुम्लाका २० जना सम्पर्कमा आए, ५६ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढी: नेपाललाई अन्तर्राष्ट्रिय साथ, भारतदेखि राष्ट्रसंघसम्म सहयोगको प्रतिबद्धता

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu