काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी बाढीपीडितका लागि आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने भएका छन्।
अख्तियारका अनुसार पदाधिकारीले १५ दिन, सचिव तथा सहसचिवले १० दिन, उपसचिव तथा अधिकृतले सात दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।
त्यस्तै, नायब सुब्बा, खरिदार तथा अन्य श्रेणीका कर्मचारीले पाँच दिन र श्रेणीविहीन कर्मचारीले दुई दिन बराबरको तलब उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
अख्तियारले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले पारिश्रमिकबाट रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्