काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।
प्रहरी प्रधान कार्यालय, काठमाडौंका अनुसार बिहीबार साँझ ५ बजेसम्म विभिन्न स्थानबाट बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै १३२ जनाको शव फेला परेको छ। यस्तै, धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नवलपरासी पूर्वमा दुई र नुवाकोटमा दुई जनाको शव फेला परेको छ।
बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा ३१ जना उपचाररत छन् भने उपचारपछि पाँच जना डिस्चार्ज भएका छन्।
त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा २२ जना तथा नर्भिक, वीर र मनमोहन अस्पतालमा दुई–दुई जना घाइतेको उपचार भइरहेको छ।
ग्रान्डी, मनमैजु शुभम्, ग्रिनसिटी र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्