Files, images, and data analysis are unavailable until usage resets at 8:26 PM. Continue chatting with text only, or upgrade for more access.
Originally published on abcnews.com.np.
काठमाडौं । व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो पसलमा रहेको २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गर्ने घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो पसलमा करिब ५० लाख रुपैयाँ बराबरको कपडाको स्टक रहेको र त्यसको ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको कपडा बाढीपीडितलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी हुन्।
विपद्को समयमा व्यवसायीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न चाहेको उल्लेख गर्दै सिम्खडाले पसलमा सजाएर राखिएका कपडा आवश्यकतामा परेका नागरिकले प्रयोग गर्न पाउनुपर्ने बताएकी छन्।
खुट्टा फ्याक्चर भएका कारण चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका कारण आफू प्रभावित क्षेत्रमा पुग्न नसकेको उनले बताएकी छन्। त्यसैले वास्तविक पीडितसम्म सहयोग पुर्याउन आधिकारिक सरकारी निकाय वा विश्वसनीय संस्थालाई आफूसँग सम्पर्क गर्न उनले आग्रह गरेकी छन्।
सिम्खडाले आफ्नो सहयोगलाई प्रचारको माध्यम नबनाउन आग्रह गरेकी छन्। सहयोगका लागि सम्पर्क गर्दा पत्रकार वा क्यामेरा लिएर नआउनसमेत उनले अनुरोध गरेकी छन्।
उनले यस्तो सहयोग क्यामेरामा देखाउनुपर्ने विषय नभएको बताउँदै विशुद्ध मानवीय सेवाका रूपमा सहयोग गर्न चाहेको स्पष्ट पारेकी छन्।
अन्य व्यवसायीलाई पनि विपद्को समयमा व्यापारभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिन आग्रह गर्दै उनले खाना, पैसा, ठाउँ वा श्रममध्ये आफूसँग जे उपलब्ध छ, त्यहीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेकी छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्