काठमाडौं । सभामुख डीपी अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे संघीय संसद् सचिवालयका पदाधिकारीसँग छलफल गरेका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । सभामुख डीपी अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे संघीय संसद् सचिवालयका पदाधिकारीसँग छलफल गरेका छन्।
बाढीबाट भएको जनधनको क्षति तथा संघीय संसद् र संसद् सचिवालयको कामकारबाहीमा पर्न सक्ने प्रभावबारे सभामुख अर्यालले सचिवालयका उच्च अधिकारीसँग परामर्श गरेका हुन्।
छलफलमा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारी सहभागी थिए।
सभामुख अर्यालले विपद्को समयमा संसद् सचिवालयले गर्न सक्ने सहयोग, आवश्यक समन्वय तथा प्रभावित क्षेत्रमा सहजीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
उनले तत्काल आवश्यक पर्ने राहत तथा सहयोग सामग्री जुटाएर प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनसमेत सचिवालयका अधिकारीलाई आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्