ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ७ : ४५   बजे

चितवन । रसुवा जिल्लामा आएको बाढीले बगाएर ल्याएका १३० जनाको शव चितवनस्थित नारायणी नदी किनारमा भेटिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बुधबार र बिहीबार दिउँसो ४ बजेसम्म सो संख्यामा शव फेला परेका हुन्।

शवको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका करिब एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै स्थानीय युवा, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिसमेत बिहानैदेखि शव खोजीमा खटिएका छन्।

शव व्यवस्थापनमा चुनौती

ठूलो संख्यामा शव भेटिएपछि व्यवस्थापनमा कठिनाइ भएको प्रशासनले जनाएको छ। शव राख्न औद्योगिक प्रतिष्ठानको सरकारी भवनमा आवश्यक तापक्रम मिलाउने व्यवस्था गरिएको छ।

बाढीले बगाएर ल्याएका अधिकांश शव पहिचान गर्न कठिन हुने अवस्थामा रहेकाले भरतपुर अस्पतालको शवगृहमा लगेर अनुहार सफा गरी पहिचानयोग्य बनाउने प्रयास भइरहेको छ। त्यसपछि शवको तस्बिर खिचेर नम्बर राखी व्यवस्थापन कक्षमा राखिनेछ।

तस्बिरमार्फत पहिचान गरिने

एसपी पौडेलका अनुसार आफन्तहरू शव पहिचानका लागि आए पनि सबै शव प्रत्यक्ष देखाउन सम्भव नहुने अवस्था छ। त्यसैले अनुहार सफा गरेर खिचिएका शवका तस्बिर देखाएर पहिचान गर्ने व्यवस्था मिलाइएको छ।

हराइरहेका व्यक्तिका आफन्तसँग समन्वय गर्न प्रशासनले छुट्टै डेस्कसमेत स्थापना गरेको छ।

आफन्तलाई निःशुल्क खाना र बसोबास

हराइरहेका आफन्तको खोजीमा चितवन आउने व्यक्तिका लागि चितवन होटल संघले निःशुल्क खाना र बसोबासको व्यवस्था गर्ने भएको छ। जिल्ला प्रशासनसँग समन्वय गरी होटल व्यवसायीले प्रभावित परिवारका सदस्यलाई आवश्यक सुविधा उपलब्ध गराउने निर्णय गरेका हुन्।

नारायणी नदीमा शव खोजी कार्य जारी रहेको र सुरक्षा निकायसँगै स्थानीयवासीसमेत सक्रिय रूपमा परिचालित रहेको एसपी पौडेलले बताउनुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

बाढीपछि सम्पर्कविहीन बैंकका थप चार कर्मचारी सम्पर्कमा, २२ जना अझै बेपत्ता

भोटेकोसी बाढी : सेनाले ८९६ जनाको उद्धार गर्‍यो

भोटेकोशी बाढी : प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किए प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu