पोखरा । पोखरा महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिने मेयर धनराज आचार्यले जानकारी दिए।
मेयर आचार्यका अनुसार महानगरपालिकाले स्वास्थ्यकर्मी, नगरप्रहरी, एम्बुलेन्स तथा आवश्यक उद्धार सामग्रीसहितको टोली विपद् प्रभावित क्षेत्रमा पठाएको छ। टोली परिचालनमा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने उनले बताए।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग र जनशक्ति परिचालन गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले विपद्का बेला प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्