ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाङटाङ हाइड्रोका १८ कामदार उद्धारको पर्खाइमा, एक जना गम्भीर घाइते


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ३५   बजे

काठमाडौं । रसुवाको लाङटाङ खोला किनारमा लाङटाङ हाइड्रोपावरको काममा खटिएका १८ जना कामदार उद्धारको पर्खाइमा रहेका छन्। उनीहरूले टेलिफोनमार्फत तत्काल उद्धारको पहल गर्न आग्रह गरेका छन्।

कामदार नरेन्द्र रतोजीका अनुसार उनीहरूमध्ये एक जना कामदार सुरुङभित्र करिब चार घण्टा फसेर उद्धार गरिए पनि गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको, रक्तस्राव भइरहेको र खुट्टा टेक्न नसक्ने अवस्था रहेको रतोजीले बताए।

उनका अनुसार हेलिकोप्टर आएपछि कामदारहरूले रातो कपडा देखाएर उद्धारका लागि संकेत गरेका थिए। तर, हेलिकोप्टरबाट उद्धार हुन नसकेको उनले बताए।

“लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारलाई उद्धार गर्न आग्रह गरेका छौँ। एक कामदार गम्भीर घाइते छन्। हेलिकोप्टर आउँदा रातो कपडा देखाएर संकेत गरिए पनि उद्धार हुन सकेन,” रतोजीले भने।

अघिल्लो दिन उद्धार गर्ने आश्वासन पाए पनि अहिलेसम्म उद्धार टोली नपुगेको उनको भनाइ छ।

रतोजीले तत्कालका लागि आफूसँग खानेकुराको व्यवस्था रहेकाले छिटोभन्दा छिटो उद्धारको पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

भोटेकोसी बाढीमा फसेका ११८ विदेशी पर्यटकको सकुशल उद्धार

बाढी प्रभावितको उद्धारमा अधिकतम क्षमता प्रयोग गर्न क्याप्टेन थापाको अपिल

विपद्को बेला हवाई भाडा नबढाउन प्राधिकरणको निर्देशन

रसुवा बाढीको ठूलो असर : ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी र ९३ नेपाली

असोज ७  देखि पोखरा–दुबई नियमित उडान, पर्यटन व्यवसायी र युएई राजदूत सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu