ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी बाढीमा परी घाइते भएका ८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारपछि ४८ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार रसुवा जिल्ला अस्पताल धुन्चेमा उपचारका लागि ल्याइएका ५३ घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। ११ जना उपचाररत छन् भने १३ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ। २८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यस्तै, त्रिशूली अस्पताल नुवाकोटमा भर्ना भएका १७ घाइतेमध्ये चार जना उपचाररत छन् भने १३ जना डिस्चार्ज भएका छन्।

आयुर्वेदिक अस्पताल नुवाकोटमा १० जना, वीरेन्द्र अस्पताल छाउनीमा एक जना, मनमोहन अस्पतालमा एक जना, वीर अस्पतालमा तीन जना र नर्भिक अस्पतालमा तीन जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएका ३७ घाइतेमध्ये ३१ जना उपचाररत छन्। पाँच जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ।

त्यस्तै, ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका १० जनामध्ये आठ जना उपचाररत छन्। एक जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने एक जना डिस्चार्ज भएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu