ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपछि सरकारद्वारा खोजी, उद्धार र राहत कार्य तीव्र पारिएको


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ४५   बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबार नुवाकोट पुगेर बाढीपहिरोबाट क्षति भएका क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री दाहालले उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए ।

“अवस्था अझै चुनौतीपूर्ण छ, तर सरकारले सम्भव भएसम्मका सबै प्रयास गरिरहेको छ,” प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्, “एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो ।”

प्रधानमन्त्रीले बाढीपछि सरकारले गरिरहेका खोजी तथा उद्धार कार्यहरूको विस्तृत जानकारी दिए ।

सुरक्षाकर्मी परिचालन

खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमध्ये नेपाल प्रहरीका ७,२५०, नेपाली सेनाका ४,२०० र सशस्त्र प्रहरी बलका १,८४५ जना समावेश छन् । नेपाली सेनाको Joint Operation Committee, NDRRMA को Quick Action Team तथा प्रधानमन्त्री कार्यालयको Rapid Action Team मार्फत निरन्तर समन्वय भइरहेको छ ।

हवाई तथा स्थलमार्गबाट उडानमार्फत उद्धार कार्य जारी छ । आजसम्म ६९ वटा हवाई उडान सञ्चालन गरी ५७३ जनालाई सुरक्षित स्थानमा लगिएको छ । थप हेलिकप्टरहरू तयार अवस्थामा राखिएका छन्, र निजी हेलिकप्टरहरू पनि सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहत वितरणमा परिचालन गरिएको छ । हवाई उद्धारमा बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।

तत्काल राहत सामग्री वितरण

रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी रहेको छ । करिब ३,५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ ।

प्रभावित नागरिकका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ राहत रकम परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्रीसहित १० ट्रक भरिएर पठाइएको छ, थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत पनि प्रभावित क्षेत्रमा पुर्याइँदैछ ।

स्वास्थ्य सेवा र पूर्वाधार पुनर्निर्माण

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्था पनि राहत वितरणमा सक्रिय छन् । रेडक्रसले करिब ३०,००० जनालाई पुग्ने पर्याप्त राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको छ ।

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर र ट्रमा सेन्टरमा १००/१०० र पाटन अस्पतालमा ६० वटा आपत्कालीन शय्या तयार गरिएको छ । आवश्यक पर्दा मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा पनि परिचालन गरिनेछ । प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको छ ।

दूरसंचार सेवा र अन्य सहयोग

प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम/ढुंगा काट्ने मेसिनलगायतका अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइँदैछ । विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट (BHISHMA CUBE) समेत त्रिशूलीतर्फ पठाइएको छ ।

दूरसंचार सेवा पुनःस्थापनालाई उच्च प्राथमिकता दिइएको छ । हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर/साइट बन्द भएका छन् । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ । प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले दैनिक २ जीबी डेटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल तथा एनसेलले पनि निःशुल्क भ्वाइस/डाटा र एसएमएस सुविधा उपलब्ध गराएका छन् । अस्थायी मोबाइल कनेक्टिभिटी र चार्जिङ सुविधा विस्तार भइरहेको छ ।

सतर्कता र समन्वय

सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ । सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu