ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तकोसीको कटान तीव्र, बराहक्षेत्र र बेलकाका बस्ती जोखिममा


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : २५   बजे

विराटनगर । सप्तकोसी नदीले पश्चिमतर्फ निरन्तर कटान गर्न थालेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ का बस्ती जोखिममा परेका छन्। नदीको धार परिवर्तनसँगै उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पनि कटानको जोखिम बढेको छ।

स्थानीयवासीका अनुसार सप्तकोसीले लामो समयदेखि पश्चिमतर्फ कटान गर्दै आएको छ। पछिल्लो समय नदीको बहाव र धार परिवर्तनसँगै बराहक्षेत्रको श्रीलङ्का टापु क्षेत्र विशेष जोखिममा परेको उनीहरूले बताएका छन्।

कटानको जोखिम बढेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। उनले बराहक्षेत्र नगरपालिका–६ र ९ मा भइरहेको नदी कटान तथा त्यसबाट बस्तीमा परेको प्रभावबारे जानकारी लिएका हुन्।

तटबन्ध निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता

निरीक्षण टोलीमा कोशी प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो।

मुख्यमन्त्री कार्कीले नदी कटान नियन्त्रणका लागि आवश्यक स्थानमा तत्काल तटबन्ध निर्माण गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्लो समय सप्तकोसीले उदयपुरतर्फ धार परिवर्तन गर्न थालेपछि कोसीपारिका बराहक्षेत्र नगरपालिका–६ र ९ का बस्ती तथा उदयपुरको बेलका नगरपालिका क्षेत्रमा समेत जोखिम बढेको जनाइएको छ।

अस्थायी तटबन्धका लागि स्थानीयको माग

स्थानीय जनप्रतिनिधिले तत्काल कटान नियन्त्रणका लागि बालुवाका बोरा लगायतका सामग्री प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले यस कार्यका लागि नेपाली सेना र प्रहरीको सहयोग तथा समन्वय गरिदिन मुख्यमन्त्री कार्कीसँग आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले नदी किनारका बस्तीमा जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावित बस्तीको सुरक्षाका लागि आवश्यक तयारी र समन्वय गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

कोशीमा बढ्यो पानीको बहाव, १५ ढोका खोलियो; तटीय क्षेत्रमा उच्च सतर्कता

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu