ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि मधेसका थप ५८ नागरिक सम्पर्कविहीन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

जनकपुरधाम । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाका थप ५८ जना नागरिकसँग सम्पर्क विच्छेद भएको छ। प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन तथा खोजी कार्य अघि बढाएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार विभिन्न जिल्लाबाट नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयमार्फत उनीहरूको विवरण संकलन भइरहेको छ।

हालसम्म प्राप्त विवरणअनुसार सप्तरीका ३२ जना, बाराका आठ जना, सर्लाहीका सात जना, पर्साका पाँच जना तथा रौतहट र धनुषाका दुई–दुई जना सम्पर्कविहीन रहेका छन्।

प्रवक्ता ढकालले बाढी प्रभावित क्षेत्रबाट प्राप्त सूचना तथा सम्पर्कविहीन व्यक्तिका परिवारजनले दिएको जानकारीका आधारमा विवरण संकलन भइरहेको बताए। उनले सम्पर्कविहीनहरूको वास्तविक अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जानकारी दिए।

विभिन्न जिल्लाबाट विवरण संकलन जारी

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा सडक, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले विभिन्न जिल्लाका नागरिकसँग सम्पर्क हुन नसकेको विवरण आउने क्रम जारी रहेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको संख्या थपघट हुन सक्ने जनाएको छ। परिवारजनबाट प्राप्त सूचना तथा बाढी प्रभावित क्षेत्रका स्थानीय प्रशासनसँग समन्वय गरी उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ।

बाढीपछि देशका विभिन्न जिल्लाका नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भइरहेका बेला मधेस प्रदेशबाट मात्र पछिल्लो विवरणअनुसार ५८ जना नागरिक सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu