ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

रसुवा । विनाशकारी बाढी र पहिरोपछि उद्धार कार्य तीव्र भइरहेका बेला रसुवा अस्पतालका स्वास्थ्यकर्मी घाइतेहरूको उपचारमा व्यस्त छन्। बुधबार दिनभर हेलिकप्टरमार्फत घाइते तथा विस्थापित व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहँदा अस्पतालमा एक्कासि ठूलो संख्यामा घाइते आइपुगेका थिए।

रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतीका अनुसार बुधबार बाढी तथा पहिरोबाट उद्धार गरिएका ५३ जना घाइतेको उपचार गरिएको थियो भने बिहीबार थप १० जना बिरामी अस्पताल पुगेका छन्।

‘हिजो एक्कासि धेरै घाइते आए,’ डा. प्रजापतीले भने, ‘पहिरोमा पुरिएका बिरामी थिए। हातखुट्टा भाँचिएका, टाउको र मुखमा चोट लागेका तथा शरीरका विभिन्न भागमा गम्भीर चोट भएका बिरामी धेरै थिए।’

गम्भीर अवस्थाका बिरामीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने सामान्य चोट लागेकामध्ये केहीलाई उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

धेरैजसो बिरामीमा ‘पोलीट्रमा’

बाढी तथा पहिरोबाट उद्धार गरेर अस्पताल ल्याइएका धेरैजसो घाइतेमा शरीरका विभिन्न भागमा एकैपटक चोट लागेको अर्थात् ‘पोलीट्रमा’ देखिएको डा. प्रजापतीले बताए।

विशेषगरी टाउकोमा गम्भीर चोट लागेका बिरामीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए।

बिहीबार बेलुकासम्म चार जना घाइते रसुवा अस्पतालमै उपचाररत रहेको बताइएको छ। बिहीबार अस्पतालमा घाइतेको चाप बुधबारको तुलनामा केही कम भए पनि खोजी तथा उद्धार कार्य जारी रहेकाले थप घाइते आउन सक्ने सम्भावना रहेको अस्पतालको भनाइ छ।

बिजुली र इन्धन अभावले थपिएको चुनौती

घाइतेको उपचारसँगै अस्पतालले बिजुली र सञ्चार सेवाको अभावको समस्या पनि भोगिरहेको छ। अस्पताल अहिले जेनेरेटरको भरमा सञ्चालन भइरहेको छ, तर जेनेरेटरका लागि आवश्यक इन्धन सकिन लागेको डा. प्रजापतीले बताए।

‘अहिले जेनेरेटर चलाइरहेका छौँ, तर तेल लगभग सकिएको छ,’ उनले भने, ‘बत्ती आउन अझै कति दिन लाग्ने हो थाहा छैन। इन्धनको व्यवस्थापन भएन भने उपचार सेवा नै प्रभावित हुन सक्छ।’

बिजुली आपूर्ति बन्द हुँदा ब्याट्री ब्याकअपले पनि लामो समय धान्न नसक्ने अवस्था रहेको उनले बताए। ‘ब्याकअपले तीन–चार घण्टा मात्र धान्छ। एकपटक ब्याट्री सकिएपछि फेरि चार्ज गर्न बिजुली नै चाहिन्छ,’ उनले भने।

मोबाइल तथा सञ्चार सेवा पनि पूर्ण रूपमा सामान्य हुन सकेको छैन। बिहीबार दिउँसोदेखि केही समयका लागि नेटवर्क उपलब्ध भए पनि पटकपटक सम्पर्क विच्छेद हुने समस्या रहेको अस्पतालले जनाएको छ।

औषधि र जनशक्ति तत्कालका लागि पर्याप्त

बुधबार घाइतेको चाप अत्यधिक हुँदा स्वास्थ्यकर्मीले लगातार काम गर्नुपरेको थियो। प्रतिकूल परिस्थितिका बाबजुद अस्पतालका स्वास्थ्यकर्मी तथा बाहिरबाट आएका टोलीले मिलेर उपचार सेवा सञ्चालन गरेको डा. प्रजापतीले बताए।

‘डिजास्टरमा सबै कुरा सहज हुँदैन। बत्ती पनि छैन, नेटवर्क पनि छैन। यस्तो अवस्थामा आएका घाइतेलाई व्यवस्थापन गर्न गाह्रो त भयो, तर सबैले मिलेर काम गर्‍यौँ,’ उनले भने।

उनका अनुसार तत्कालका लागि औषधि, उपकरण तथा जनशक्तिको अवस्था पर्याप्त छ। स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामग्री पुगेको छ भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट पनि सहयोग प्राप्त भएको छ। वीर अस्पतालको स्वास्थ्य टोलीसमेत घटनास्थलमा खटिएको छ।

‘अहिलेलाई जनशक्ति, औषधि र उपकरणको हिसाबले अवस्था ठीकै छ,’ डा. प्रजापतीले भने, ‘हाम्रा आफ्नै स्टाफ र बाहिरबाट आएको टोलीले मिलेर काम गरिरहेका छौँ।’

खोजी र उद्धार जारी

लगातार काम गर्दा स्वास्थ्यकर्मी थकित भए पनि घाइतेको उपचारलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ। प्रभावित क्षेत्रका केही बस्ती अझै सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी छ।

अस्पतालका अनुसार घाइतेभन्दा ठूलो संख्यामा विस्थापित व्यक्तिहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। उद्धारको विस्तृत विवरण भने सुरक्षा निकाय तथा उद्धार टोलीले संकलन गरिरहेको छ।

बाढी र पहिरोबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले खोजीका क्रममा थप घाइते फेला पर्न सक्ने सम्भावना रहेको छ। यस्तो अवस्थामा रसुवा अस्पतालले उपचार सेवा निरन्तर सञ्चालन गर्न इन्धन र भरपर्दो विद्युत् आपूर्तिको तत्काल व्यवस्था आवश्यक रहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu