ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : २५   बजे

तिब्बत (केरुङ सीमा क्षेत्र) । नेपाल–चीन सीमा क्षेत्रको ग्यारोङ बन्दरगाहनजिक पहिरोका कारण बनेको तालको पानी बढ्दै गएपछि चीनले उद्धार कार्य अस्थायी रूपमा स्थगित गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ग्यारोङ बन्दरगाहको माथिल्लो क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको तालमा पानीको मात्रा बढिरहेको छ। थप बाढी आउन सक्ने जोखिम बढेपछि उद्धारकर्तालाई तत्काल काम रोक्न निर्देशन दिइएको हो।

बाढीले बगाएर ल्याएको गेग्रान थुप्रिएर बनेको प्राकृतिक बाँधका कारण ताल बनेको र त्यसमा निरन्तर पानी जम्मा भइरहेकाले जोखिम बढेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

उद्धार टोलीलाई एक किलोमिटर पछाडि हटाइयो

तालको पानीको सतह बढ्दै गएपछि सम्भावित थप बाढीबाट उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राख्दै टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।

चिनियाँ अधिकारीहरूले जोखिमको अवस्था मूल्यांकन गरिरहेका छन्। यसअघि चीनले ग्यारोङ बन्दरगाह क्षेत्रमा ठूलो उद्धार तथा राहत संयन्त्र परिचालन गरेको थियो।

प्राकृतिक बाँध फुटेमा तल्लो क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले चीन र नेपाल दुवैतर्फ उच्च सतर्कता अपनाइएको छ। नयाँ बनेको तालको पानी सुरक्षित रूपमा घटाउने उपायबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : ३८९ शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

चीनको तिब्बतमा थुनिएको ताल फुट्यो, नेपालमा उच्च सतर्कता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढी : ३८९ शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

चीनको तिब्बतमा थुनिएको ताल फुट्यो, नेपालमा उच्च सतर्कता

आज जनैपूर्णिमा पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu