बुटवल । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पूर्णिमाको अवसर पारेर भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, बाढी प्रभावितको शीघ्र उद्धार, उपचार तथा राहतका लागि शान्ति र मानवताको कामना गर्दै विशेष प्रार्थना गरिएको हो । प्रार्थना कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको थियो । बेपत्ता भएकाहरू सकुशल फेला परून्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् तथा विपद्बाट प्रभावित परिवारलाई आवश्यक सहयोग, आशा र धैर्य प्राप्त होस् भन्ने कामनासमेत गरिएको थियो । लुम्बिनी विकास कोषका ज्ञानिन राईका अनुसार प्रार्थनामा शान्ति, करुणा, मैत्रीभाव र मानवताको भावना अझ बलियो बनोस् भन्ने कामना गरिएको थियो । भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै लुम्बिनीमा विशेष प्रार्थना आयोजना गरिएको हो । कार्यक्रममा विपद्बाट प्रभावित सबैको उद्धार तथा पुनर्स्थापनाका लागि समेत कामना गरिएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्