ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : ५५   बजे

भक्तपुर । जनैपूर्णिमाका दिन अधिकांश मानिस मठमन्दिरमा पूजाअर्चना र धार्मिक कार्यक्रममा व्यस्त रहँदा भक्तपुरका नेवार समुदायका किसान भने शुक्रबार बिहानै खेतमा पुगेर भ्यागुताको पूजा गर्दै भात तथा विभिन्न परिकार खुवाउने परम्परा निभाएका छन्।

किसानहरू बिहानै भात, क्वाँटी, विभिन्न तरकारी, साना रोटी तथा अन्य परिकार लिएर खेततर्फ पुगेका थिए। नाङ्लो वा किस्तीमा सजाइएका परिकारसँगै रक्षाबन्धनको धागो, सिन्दूर र धूपसमेत राखेर भ्यागुताको पूजा गरिएको थियो।

परम्पराअनुसार किसानहरूले भातमा गोलाकार रूपमा काटिएका मूलाका चाना गाडेर ऐनाको प्रतीक बनाउँछन्। त्यससँगै विभिन्न खानेकुरा खेतको आलीमा राखेर भ्यागुतालाई पाहुनाका रूपमा आमन्त्रण गरिन्छ।

पूजाका क्रममा भ्यागुतो प्रत्यक्ष रूपमा नदेखिए पनि सांकेतिक रूपमा रक्षाबन्धनको धागो र सिन्दूर अर्पण गर्ने चलन रहेको स्थानीय बताउँछन्। खेतमा राखिएका परिकार पछि भ्यागुताले खाने जनविश्वास छ।

भक्तपुरका नेवार समुदायमा सयौँ वर्षदेखि चलिआएको यस परम्परालाई नेपालभाषामा ‘ब्यां चा जानका वानेगू’ भनिन्छ। नेपालभाषामा ‘ब्यां’को अर्थ भ्यागुतो र ‘जानका वानेगू’को अर्थ खाना खान जानु भन्ने हुन्छ।

स्थानीय संस्कृतकर्मी प्रकाश धौभडेलका अनुसार यो परम्परा प्रकृतिसँग जोडिएको छ। किसानले आफ्नो खेतीपाती र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने जीवका रूपमा भ्यागुतालाई सम्मान गर्दै प्रत्येक वर्ष जनैपूर्णिमाका दिन पूजा र भोज खुवाउने गर्छन्।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गका अनुसार भ्यागुतालाई किसानको सहयोगी जीवका रूपमा लिइन्छ। भ्यागुताले बालीनालीलाई हानि पुर्‍याउने विभिन्न कीरा तथा जीव खाएर खेती जोगाउन सहयोग गर्ने विश्वासका कारण उनीहरूलाई सम्मानस्वरूप भोज खुवाउने परम्परा बसेको हो।

खेतमा काम गर्ने क्रममा अनजानमा कीराफट्याङ्ग्रा तथा अन्य जीवजन्तुको मृत्यु हुने भएकाले प्रकृतिसँग क्षमा माग्ने सांकेतिक परम्पराका रूपमा पनि भ्यागुतालाई भात खुवाउने चलन रहेको बताइन्छ।

जनैपूर्णिमाका दिन मनाइने यो अनौठो सांस्कृतिक परम्पराले भक्तपुरको नेवार समुदाय र प्रकृतिबीचको पुरानो सम्बन्धलाई आज पनि जीवन्त राखिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा क्षेत्रमा हिमपहिरोको जोखिम कायम, उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासको आग्रह

भोटेकोशी बाढी : मृतकको संख्या ५४७ पुग्यो, ४ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu