तिब्बततर्फ नदी थुनिएर बनेको तालबाट पानीको ‘ओभरफ्लो’ रोकिएसँगै चीनतर्फ स्थगित गरिएको उद्धार तथा खोज कार्य पुनः सञ्चालन गरिएको छ।
Originally published on abcnews.com.np.
तिब्बततर्फ नदी थुनिएर बनेको तालबाट पानीको ‘ओभरफ्लो’ रोकिएसँगै चीनतर्फ स्थगित गरिएको उद्धार तथा खोज कार्य पुनः सञ्चालन गरिएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार ताल फुट्न सक्ने जोखिमका कारण सुरक्षाको दृष्टिले केही घण्टाका लागि उद्धार तथा खोजी कार्य रोकिएको थियो। पानीको अत्यधिक बहाव नियन्त्रणमा आएपछि उद्धार टोलीलाई पुनः परिचालन गरिएको हो।
यसअघि थुनिएको ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै उद्धारकर्तालाई सुरक्षित स्थानतर्फ हटाइएको थियो। पानीको बहावको अवस्था निरन्तर निगरानीमा राख्दै उद्धार कार्य अघि बढाइएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्