काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण सडक सञ्जालबाट टुटेको रसुवा पुनः सडक सम्पर्कमा जोडिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्ड साना चारचक्के सवारीसाधन सञ्चालन हुने गरी सुचारु गरिएको हो।
उक्त वैकल्पिक सडकमार्ग सञ्चालनमा आएसँगै बाढीका कारण बाहिरी सडक सञ्जालसँग सम्पर्कविहीन बनेको रसुवा पुनः सडक सञ्जालमा जोडिएको प्राधिकरणले जनाएको छ।
हालका लागि साना चारचक्के सवारीसाधन सञ्चालन गर्न सकिने गरी सडक खुलाइएको र सडकको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्