पोखरा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बुधबार आएको बाढीपछि प्रभावित विभिन्न जिल्लामा शव खोजी तथा सङ्कलन कार्य जारी छ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, तनहुँमा २९, चितवनमा २२१, नवलपुरमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
प्रधानमन्त्री शाहद्वारा नुवाकोटमा स्थलगत निरीक्षण
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्कनुभएको छ।
प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएको थियो। उहाँले बाढीबाट प्रभावित क्षेत्र, क्षतिग्रस्त संरचना तथा उद्धार र राहतको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो।
नेपाल–चीन सीमा जोखिम अझै कायम : चिनियाँ दूतावास
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमाक्षेत्रमा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जनाएको छ।
चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको जानकारी दिनुभएको छ। सीमाक्षेत्रमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
म्याग्दीको रघुगंगाबाट रसुवा बाढीपीडितलाई २ लाख सहयोग
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार बिहान आएको भीषण बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि गाउँपालिकाले राहतका लागि सहयोग रकम उपलब्ध गराएको हो।
पोखरामा प्रथम पीसीएम कप राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता
पोखरा । गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा सञ्चालन भएको प्रथम पीसीएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यू–१८ ब्वाइजतर्फका खेलहरू जारी छन्।
प्रतियोगितामा विभिन्न जिल्लाका जुनियर खेलाडीको सहभागिता रहेको छ। प्रतियोगिताले नेपाली टेनिसमा नयाँ पुस्ताका खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
बदलिँदो जीवनशैलीसँगै बढ्दैछ तौल नियन्त्रणको चुनौती
पछिल्लो समय बदलिँदो जीवनशैली, शारीरिक सक्रियताको कमी तथा क्यालोरीयुक्त खानाको बढ्दो प्रयोगका कारण तौल नियन्त्रण धेरैका लागि चुनौती बन्दै गएको छ।
व्यस्त दैनिकी, लामो समयसम्म बसिरहने बानी र अस्वस्थ खानपानका कारण शरीरको तौल बढ्ने समस्या देखिन थालेको छ। नियमित शारीरिक गतिविधि, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउन विज्ञहरूले सुझाव दिँदै आएका छन्।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्