ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा ‘धेरै भारी’ वर्षाको चेतावनी


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : ०५   बजे

काठमाडौ :  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा शुक्रबार राति भारी वर्षा हुन सक्ने सम्भावना छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आइतबार पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ।

विशेषगरी कर्णाली प्रदेशको पहाडी तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने सम्भावनारहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

जनैपूर्णिमामा ढोरबराह मन्दिरमा श्रद्धालुको घुइँचो, उत्तरगंगा मेलाको रौनक

टिमुरे अध्यागमनबाट भदौ १० गते लिएका थिए ९३ जनाले आगमन र प्रस्थान अनुमति

कैलाश मानसरोवरबाट फर्किने तीर्थयात्रीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह

मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन 

भोटेकोसी बाढीमा फसेका ११८ विदेशी पर्यटकको सकुशल उद्धार

लाङटाङ हाइड्रोका १८ कामदार उद्धारको पर्खाइमा, एक जना गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu