ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ११ : १५   बजे

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार (भदौ १३) बिहान १० बजेसम्म विभिन्न जिल्लाबाट ६२६ शव फेला परेका छन् ।

बाढीपछि सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । प्राधिकरणका अनुसार चितवनमा विभिन्न मानव अंगसहित २३३ शव भेटिएका छन् ।

जिल्लागत विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १५८, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४७ र तनहुँमा ३१ शव फेला परेका छन् ।

अझै २ हजार ४२६ जना सम्पर्कविहीन

बाढी आएको चार दिन बितिसक्दा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार २ हजार ४२६ जना अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयमा कार्यरत कर्मचारीसमेत छन् ।

यस्तै, सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ । नेपाल भ्रमणमा आएका तथा विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

१०१ जना अस्पतालमा उपचाररत

बाढीमा परी घाइते भएका १०१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरूको उपचारसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

सुरक्षा निकाय तथा सम्बन्धित निकायले नदी किनार, बाढी प्रभावित बस्ती, जलविद्युत् आयोजना तथा तल्लो तटीय क्षेत्रमा बेपत्ताको खोजीलाई निरन्तरता दिएका छन् ।

तल्लो तटीय क्षेत्रमा शव भेटिने क्रम

भदौ १० गते बिहान आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो विनाश गरेपछि त्यसको प्रभाव त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत फैलिएको थियो । बाढीले बगाएका मानिस तथा मानव अंगहरू क्रमशः धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म फेला परिरहेका छन् ।

यसले उद्धार तथा खोजी कार्यलाई अझ जटिल बनाएको छ । विशेषगरी नदीको तीव्र बहाव, भौगोलिक विकटता र बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

प्राधिकरणका अनुसार खोज, उद्धार तथा राहत कार्य अझै जारी छ । मृतक तथा बेपत्ताको संख्या थप अद्यावधिक हुन सक्ने जनाइएको छ ।

भदौ १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको उक्त बाढीले रसुवा, नुवाकोटसहित त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा व्यापक मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

रसुवा बाढीले बीमा क्षेत्रमा पनि बढायो जोखिम, भूकम्प र जेनजी आन्दोलनभन्दा ठूलो दाबी आउन सक्ने

चितवनमा पहिचान नभएका २२९ शव व्यवस्थापन गरिने

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu