ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा, चारपाङ्ग्रे साना सवारी चल्न थाले


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ०५   बजे

काठमाडौँ । भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे जोड्ने सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो ।

सडक सञ्चालनमा आएसँगै बाढीका कारण सडक सम्पर्कविहीन बनेको रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ ।

सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार सामग्री, औषधि तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ । साथै प्रभावित क्षेत्रबाट सर्वसाधारण तथा घाइतेलाई सुरक्षित स्थानतर्फ ल्याउनसमेत सडक खुलेसँगै थप सहज हुने भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीमा परी सयौँको मृत्यु भएको छ भने हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेको सरकारी विवरण छ ।

सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोजी, उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायहरू परिचालन भएका छन् । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीको लेदो हटाउने काम जारी

भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, एकको शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीको लेदो हटाउने काम जारी

भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, एकको शव फेला

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

टप एन्ड टी–२० सिरिज : नेपाल ‘ए’ सुखद अन्त्यको खोजीमा, भिक्टोरिया सिए–११ चुनौती

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu