ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ३५   बजे

नुवाकोट (बेत्रावती) । बस्ने घर छैन । परिवारका सदस्य सम्पर्कमा छैनन् । फर्किएलान् कि भन्ने झिनो आशा मात्रै बाँकी छ । आफन्त भेटिन्छन् कि भनेर खोजीमा भौँतारिरहेका बाढीपीडितको शरीरमा अझै बालुवा र माटो टाँसिएको छ । फेर्ने कपडासमेत छैन ।

नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित भएकाहरू अहिले बासको खोजीमा छन् । बाढीले घरबार बगाएपछि उनीहरू आफन्त र गाउँलेको आश्रयमा रात कटाइरहेका छन् । कतिपय भने खुला आकाशमुनि बस्न बाध्य छन् ।

११ गते साँझ बेत्रावती पुग्दा १५–२० जनाको एउटा समूह तीन घण्टाको दूरीमा रहेको केराघारीतर्फ लाग्दै थियो ।

‘हिजो केराघारीमा गएर बस्यौँ । आज पनि त्यतै जाने हो,’ इन्द्रमाया डंगोलले भनिन् ।

बेत्रावतीमा डंगोल परिवारका मात्रै सयभन्दा बढी घरधुरी थिए । तर बाढीपछि कति परिवारका सदस्य बगे, कति सम्पर्कमा छन् र कति सुरक्षित छन् भन्ने यकिन विवरण छैन ।

बाढी आएको दिन करिब ५० जना केराघारी पुगेर बसेका थिए । दोस्रो दिन करिब ३० जना त्यहाँ थिए । बाँकी कतिपय काठमाडौं र विदुरतर्फ लागेका छन् ।

‘यहाँ नबस्ने भनेर कोही हिँड्दै काठमाडौंतिर लाग्नुभयो । कोही विदुरतिर जानुभएको छ । हामी जाने ठाउँ नभएर यतै बसेका छौँ,’ इन्द्रमायाले भनिन्, ‘खुला आकाशमुनि बास छ ।’

छोराको खबरको प्रतीक्षामा आमा

इन्द्रमायालाई आफ्नो बासको चिन्ताभन्दा बढी छोराको चिन्ता छ । बाढीमा गम्भीर घाइते भएका उनका छोरालाई उद्धार गरेर काठमाडौं लगिएको छ ।

‘तीन दिन भयो । छोराको उपचार ट्रमा सेन्टरमा भइरहेको छ भन्ने सुनेको छु । कुरा हुन पाएको छैन । फोन लाग्दैन,’ उनले भनिन् ।

छोरा सकुशल फर्कियोस् भन्ने कामना गर्दै उनी आफन्त र परिचितबाट आउने खबरको प्रतीक्षामा छिन् ।

‘बाँच्नेहरूलाई पीडामाथि पीडा’

बाढीबाट भागेर ज्यान जोगाउन सफल भएका प्रत्येक व्यक्तिसँग अहिले कुनै न कुनै दुःखको कथा छ । कसैले आफन्त गुमाएका छन्, कोही आफैं घाइते छन् भने कतिपयको घरसमेत बाँकी छैन ।

नारायणलाल डंगोलका अनुसार बेत्रावतीमा डंगोल परिवारका मात्रै सयभन्दा बढी घरधुरी थिए ।

‘अहिले यहाँ आएका जति छन्, यिनै हुन् । अरू कोही पनि छैनन्,’ उनले भने, ‘कोही जंगलमै छन् भन्ने छ । तर सम्पर्क हुन सकेको छैन । धेरैजसोलाई बगाएको छ ।’

घर गुमाएका उनीहरूका लागि अहिले सबैभन्दा ठूलो समस्या बास र खाना बनेको छ ।

‘घरै छैन । खाने सामल कहाँ हुनु ? कसरी बाँच्ने हो थाहा छैन । बाँच्नेहरूलाई पीडामाथि पीडा छ,’ नारायणलालले भने, ‘यहाँ राहतको आवश्यकता छ ।’

जात्राको तयारी भएको ठाउँमा शोक

बेत्रावतीमा यसपटक गाईजात्रा र जनैपूर्णिमा भव्य रूपमा मनाउने तयारी थियो । तर पर्वको तयारी गरिरहेको बस्ती केही घण्टामै विपत्तिको केन्द्रमा परिणत भयो ।

योगेश डंगोलका शब्दमा, उत्सवका लागि तयार भएको ठाउँ अहिले घाटजस्तै बनेको छ ।

‘ठूलो जात्राको तयारी गरेका थियौँ । तर यहाँ घाट जस्तो भएको छ । गाउँलेको घरमा आश्रय लिएर बसेका छौँ,’ उनले भने, ‘आज कस्तो अवस्थामा बस्नुपर्‍यो, हेर्नुस् न ।’

बाढीको त्रासबाट ज्यान जोगाए पनि उनीहरूको मन भने अझै शान्त हुन सकेको छैन ।

‘निद्रा लाग्दैन । आँखा चिम्लियो कि त्यही सम्झिन्छु । निदाउन सकिरहेको छैन । हिजो पनि सुत्न सकिनँ,’ एक विस्थापितले भने, ‘कसरी गएँ, कसरी आएँ, कसरी यहाँ आइपुगेँ, केही थाहा छैन । हिँड्नसमेत सकिरहेको छैन ।’

गाउँलेले पकाएर खुवाए

विस्थापितहरूका लागि स्थानीय सुना तामाङले बिहान–बेलुका खाना खुवाइरहेकी छन् । बाढीले घर र खाद्यान्न बगाएपछि आश्रय खोज्दै आएका पीडितलाई उनले आफ्नो क्षमताअनुसार खाना खुवाएकी हुन् ।

‘पहिलो दिन ५०–६० जना हुनुहुन्थ्यो । ग्यास सकियो । आगोमा पकाएर भए पनि खुवाएकी छु,’ उनले भनिन्, ‘सबैको आँखाबाट आँसु बगिरहेको छ । यस्तो दुःखमा बाँचेकाहरूलाई खुवाउनै पर्यो ।’

तर स्थानीयस्तरको सहयोगले मात्र लामो समयसम्म धान्न सकिने अवस्था छैन । विस्थापितहरूका घरसँगै उनीहरूको खाद्यान्न, लत्ताकपडा र दैनिक जीवनका आधारभूत सामग्रीसमेत बाढीले बगाएको छ ।

‘अब सरकारले हेर्ला त ?’

अहिले विस्थापितहरू सुना तामाङको घरको आँगनमा रात बिताउन विवश छन् । उनीहरूलाई तत्काल अस्थायी आवास, खाद्यान्न, कपडा र स्वास्थ्य सेवाको आवश्यकता छ ।

सबैभन्दा ठूलो प्रश्न भने उनीहरूका अगाडि एउटै छ—अब कहाँ जाने ?

‘भोलि कहाँ जाने, कहाँ बस्ने हो थाहा छैन,’ इन्द्रमायाले भनिन्, ‘बेघरबार भएका हामीलाई अब सरकारले हेर्ला त ? आजसम्म सरकार आएको छैन ।’

बेत्रावतीका यी आवाज बाढीपछि बाँचेका नागरिकको अर्को संकटको चित्र हो । नदीको भेलबाट ज्यान जोगाएका उनीहरू अब घरबारविहीनता, आफन्तको खोजी, खाद्यान्न अभाव र अनिश्चित भविष्यसँग जुधिरहेका छन् ।

उद्धारको पहिलो चरणमा जीवन बचाउनु प्राथमिकता थियो । तर बाढीपछि बाँचेका परिवारलाई सुरक्षित बास, खाना, उपचार र परिवारसँग पुनर्मिलन गराउनु अब अर्को ठूलो चुनौती बनेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चौधरी ग्रुप र नबिलले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu