ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ३५   बजे

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि करिब ९० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हालसम्म कुनै पनि अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि नभएको बताएका छन् । उनका अनुसार पाँच जना अमेरिकी नागरिकको सफल उद्धार भइसकेको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएका कारण फोनमा सम्पर्क हुन नसकेका अमेरिकी पर्यटकसमेत सम्पर्कविहीनको सूचीमा समावेश गरिएको मन्त्रालयले जनाएको छ । उनीहरूसँग सम्पर्क स्थापित हुँदै गएपछि सम्पर्कविहीनको संख्या घट्न सक्ने अपेक्षा गरिएको छ ।

यसैबीच, काठमाडौं र बेइजिङस्थित अमेरिकी दूतावासले नेपाली तथा चिनियाँ सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । दूतावासहरूले सम्पर्कविहीन अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको खोजी र उद्धारमा सहजीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन् ।

नेपाल–चीन सीमाक्षेत्रमा बुधबार आएको बाढीपहिरोले रसुवा, नुवाकोट, धादिङलगायत नेपालतर्फका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । सीमापारि चीनको तिब्बत क्षेत्रमा समेत बाढीपहिरोले ठूलो क्षति गरेको छ ।

सञ्चार तथा सडक सम्पर्कमा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा रहेका नागरिकको वास्तविक अवस्थाबारे जानकारी संकलन गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा उद्धार टोलीले स्थल तथा हवाई माध्यमबाट खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् ।

अमेरिकी नागरिकको खोजीका लागि स्थानीय सुरक्षा निकायसँगको समन्वयलाई प्राथमिकता दिइएको अमेरिकी पक्षले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चौधरी ग्रुप र नबिलले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu