ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : ३५   बजे

काठमाडौं । चीनको तिब्बतस्थित केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी बेपत्ता भएका ५४६ जनामध्ये २६१ जना विदेशी नागरिक रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायले संयुक्त रूपमा गरेको छानबिनपछि विदेशी नागरिकको विवरण सार्वजनिक गरिएको हो। चीनले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगलाई बेपत्ता नागरिकबारे आधिकारिक जानकारी गराइसकेको जनाएको छ।

चीन सरकारका अनुसार बेपत्ता विदेशी नागरिकमध्ये नेपालका १०४ जना र भारतका ४९ जना रहेका छन्। त्यस्तै लात्भियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६–६ तथा दक्षिण अफ्रिकाका चार जना रहेका छन्।

मलेसिया, जर्मनी र रुसका तीन–तीन जना तथा आयरल्यान्ड, एस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई–दुई जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।

त्यस्तै फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका एक–एक जना नागरिक बेपत्ता रहेको चीन सरकारले जनाएको छ।

चिनियाँ अधिकारीका अनुसार विपद्मा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ।

सञ्चार सम्पर्क विच्छेद हुनुका साथै हिमाली क्षेत्रमा सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले ड्रोन प्रविधिसमेत प्रयोग गर्दै चौबिसै घण्टा खोजी तथा उद्धार कार्य जारी राखेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu