ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : ४५   बजे

पोखरा । भोटेकोशी बाढीपछि पोखरा ल्याइएका पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका शव लामो समयसम्म पहिचान हुन नसकेपछि व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।

शनिबारसम्म १०२ शव पोखरा ल्याइएकामा १० वटा शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। बाँकी शवबाट दुर्गन्ध फैलिन थालेपछि पहिचानका लागि आवश्यक सबै नमुना संकलन गरेर व्यवस्थापन गर्ने तयारी गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

उनका अनुसार बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ र अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को विपद् व्यवस्थापनसम्बन्धी मापदण्डअनुसार शव व्यवस्थापन गरिनेछ। भविष्यमा पहिचान गर्न सकिने गरी डिएनए नमुना सुरक्षित राखिनेछ भने शवसम्बन्धी विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिनेछ।

प्रशासनले शवको फोटो, भिडियो, ट्याटु तथा अन्य पहिचान खुल्ने चिन्हको अभिलेख राखिसकेको छ। डिएनए परीक्षणका लागि नमुना पनि संकलन भइसकेको छ। सकेसम्म पहिचान गरी आफन्तलाई शव बुझाउने प्रयास भने जारी रहने बरालले बताए।

शनिबार साँझसम्म ४६ शवको पोस्टमार्टम भइसकेको छ। बाढी तथा पहिरोमा परी विभिन्न जिल्लामा ६६९ जनाको शव फेला परेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

भोटेकोशी बाढीमा बागलुङका १६ जना बेपत्ता, १२ रसुवा र ४ नुवाकोटमा

पोखरामा सडकको भेलले आमा, छोरी र बुवालाई बगायो

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu