ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि भारतले चौथोपटक ११ टन राहत सामग्री पठायो


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ९ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि भारतले नेपालमा चौथोपटक राहत सामग्री पठाएको छ।

भारतको विदेश मन्त्रालयका अनुसार ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपाल आइपुगेको छ। उक्त राहत सामग्री नेपाललाई हस्तान्तरणसमेत गरिएको मन्त्रालयले जनाएको छ।

चौथो चरणको सहयोगअन्तर्गत भारतले खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित सुरुङ प्राविधिक टोली पनि नेपाल पठाएको छ। बाढीमा फेला परेका शवको पहिचान तथा डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोलीसमेत नेपाल पठाइएको मन्त्रालयले जनाएको छ।

राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटलगायत सामग्री रहेका छन्।

२३० फिटको बेली ब्रिजका उपकरणसहित १६ ट्रक नेपाल आइपुगे

भारतले बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पूर्वाधार पुनःस्थापनाका लागि २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माण गर्न आवश्यक उपकरण बोकेका १६ ट्रक नेपाल पठाएको छ।

त्यस्तै, थप सातवटा बेली ब्रिज स्थापना गर्न आवश्यक उपकरणसमेत चाँडै नेपाल पठाइने भारतीय विदेश मन्त्रालयले जनाएको छ। बेली ब्रिज स्थापनाका लागि आवश्यक प्राविधिक टोलीसमेत नेपाल आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

भारतले यसअघि पनि भोटेकोसी बाढी प्रभावितका लागि राहत सामग्री तथा उद्धारसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu