ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   २ : ३५   बजे

नवलपुर । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले सातबुँदे निर्देशन जारी गरेको छ ।

बाढीले बगाएर ल्याएका मानव शव, चौपाया तथा अन्य जनावर र जीवजन्तुका कारण सरुवा रोग फैलिन सक्ने भन्दै कार्यालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

कार्यालयले प्रदूषित नदी तथा खोलाबाट प्राप्त माछा तथा अन्य जलीय जीव सेवन नगर्न आग्रह गरेको छ । प्रदूषित पानीमा पौडी नखेल्न तथा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नसमेत अनुरोध गरिएको छ ।

दूषित पानीका कारण आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’ लगायत झाडापखालाजन्य रोगको जोखिम बढ्न सक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले खाना राम्रोसँग पकाएर मात्र खान, काँचो र पकाएको खाना छुट्टाछुट्टै राख्न तथा बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।

त्यस्तै, डेंगु, जापानिज इन्सेफ्लाइटिसलगायत लामखुट्टेबाट सर्ने रोग तथा सर्पदंशको जोखिमसमेत बढ्न सक्ने भन्दै घर वरिपरि पानी जम्न नदिन, झुल प्रयोग गर्न र लामो बाहुला भएका कपडा लगाउन कार्यालयले सुझाएको छ ।

राति हिँड्दा टर्चलाइट प्रयोग गर्न तथा सुत्नुअघि ओछ्यान जाँच गर्नसमेत आग्रह गरिएको छ ।

प्राकृतिक विपद्पछि मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले आफ्नो मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिन कार्यालयले अनुरोध गरेको छ ।

नदी तथा खोला किनारमा मानव शव वा मरेका जीवजन्तु फेला परे तत्काल सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीलाई जानकारी गराउन कार्यालयले आग्रह गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

तीजका कार्यक्रम स्थगित गरेर भोटेकोसी बाढीपीडितलाई सहयोग

सम्बन्धित

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

एनआईएमबी बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालको पानी पूर्ण रूपमा निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu