काठमाडौँ । देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायका लागि काठमाडौँ खेल मण्डल (एनआरटी) ले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
एनआरटीले आइतबार विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
नेपालकै पुराना खेलकुद क्लबमध्ये एक एनआरटीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
नेपालको चर्चित ए डिभिजन फुटबल क्लब एनआरटीले विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सदैव प्रतिबद्ध रहने जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्