ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपीडितका लागि मनहरी गाउँपालिकाले १० लाख सहयोग गर्ने


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : २५   बजे

हेटौँडा, १४ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि मकवानपुरको मनहरी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

गत बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

गाउँपालिकाले जनप्रतिनिधिको सेवासुविधाबाट समेत थप सहयोग जुटाउने भएको छ। निर्णयअनुसार गाउँपालिका अध्यक्षको तीन महिनाको तथा अन्य जनप्रतिनिधिको एक महिनाको सेवासुविधाबापतको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

यस्तै, बाढीपीडितका लागि आवश्यक खाद्यान्न तथा जिन्सी सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने तयारीसमेत गाउँपालिकाले अघि बढाएको छ।

राहत संकलन अभियानमा सहयोग गर्न मनहरी उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र समिति, सामुदायिक वन उपभोक्ता समिति तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र नागरिकलाई गाउँपालिकाले अपिल गरेको छ।

राहत संकलन तथा वितरणलाई प्रभावकारी बनाउन वडा अध्यक्ष तथा तोकिएका सम्पर्क व्यक्तिसँग समन्वय गर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ।

भोटेकोसी बाढीबाट प्रभावितको पीडामा स्थानीय तहको हातेमालो आवश्यक रहेको भन्दै मनहरी गाउँपालिकाले आर्थिक सहयोगसँगै राहत सामग्री संकलन अभियान अघि बढाएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

भोटेकोसी–त्रिशूली बाढी : शव व्यवस्थापनमा आफन्तको अनुमति नलिएको भन्दै कांग्रेसको आपत्ति

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, सकुशल भेटिने आश क्षीण

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा फलफूल वितरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu