काठमाडौं, १४ भदौ । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ।
Originally published on abcnews.com.np.
काठमाडौं, १४ भदौ । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव तथा मानव अंग भेटिएको छ।
बाढीपछि २ हजार ५०२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार कर्मचारी छन्।
यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, विदेशी नागरिक ५९२ जना, विदेशी नागरिकसँगै भ्रमणमा गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी तथा क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी सम्पर्कविहीन छन्।
त्यसैगरी रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
प्राधिकरणका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट मात्रै २७९ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाले हवाई माध्यमबाट २५४ विदेशी नागरिक र ३ हजार ६७ नेपालीको उद्धार गरेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार उद्धारमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ५२१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ सुरक्षाकर्मी खटिएका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्