बागलुङ, १४ भदौ । ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसका अवसरमा बिहीबार लक्ष्मीनारायण मन्दिरमा विशेष कार्यक्रम आयोजना गरी सहभागीलाई फलफूल वितरण गरिएको छ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले ज्येष्ठ नागरिक जिल्ला संघ क्रियाशील संस्था रहेको बताउँदै पछिल्लो समय ज्येष्ठ नागरिकमाथि बढ्दै गएको दुर्व्यवहारविरुद्ध कानुनी आवाज उठाउनुपर्ने बताए।
उनले ज्येष्ठ नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि संघले प्रभावकारी रूपमा काम गरिरहेको उल्लेख गरे। विभिन्न स्थानमा दिवा सेवा सञ्चालन गर्ने योजनासहित ज्येष्ठ नागरिकलाई सहायक सामग्री वितरण गर्दै संस्थाले सामाजिक सेवाको क्षेत्रमा मानवीय सहयोग पुर्याएको भन्दै उनले प्रशंसा गरे।
ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा न्यायिक समितिले समेत कानुनी सहायता उपलब्ध गराउन सक्ने उनले बताए। ज्येष्ठ नागरिकको संरक्षणका लागि सम्बन्धित पक्षलाई अन्तरिम संरक्षणात्मक आदेश दिन सक्ने कानुनी व्यवस्था रहेको पनि उपप्रमुख खड्काले जानकारी दिए।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्