नुवाकोट । भोटेकोसी नदीमा आएको बाढीमा डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखाबाट ठूलो परिमाणमा सुनचाँदी, नगद तथा महत्वपूर्ण कागजात सुरक्षित निकालिएको छ।
भदौ १० गतेको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुनचाँदी तथा बहुमूल्य धातु सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।
बैंकभित्र रहेको करिब डेढ करोड रुपैयाँ नगद र महत्वपूर्ण कागजातसमेत सुरक्षित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आइतबार सुरक्षाकर्मी तथा सम्बन्धित टोलीले करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेपछि बैंकभित्र रहेका सुनचाँदी, नगद तथा अन्य महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा सारिएको हो।
विनाशकारी बाढीले बैंकको शाखा डुबाएपछि भित्र रहेका बहुमूल्य सामग्री सुरक्षित छन् कि छैनन् भन्ने चिन्ता थियो। तर लामो प्रयासपछि ठूलो आर्थिक मूल्यका सम्पत्ति सुरक्षित रूपमा निकाल्न सफल भएको प्रहरीले जनाएको छ।
बाढीले नुवाकोटसहित रसुवा, धादिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याए पनि जोखिममा रहेका महत्वपूर्ण वित्तीय तथा सरकारी सम्पत्ति जोगाउने कामसमेत भइरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्