ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये ८७ शवको पहिचान हुन बाँकी


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : २५   बजे

पोखरा । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ सय २ जनाको शव पोखरा ल्याइएकोमा ८७ वटा शवको अझै पहिचान हुन सकेको छैन। शव व्यवस्थापन र आफन्तलाई हस्तान्तरण गर्न सहज होस् भनेर विभिन्न जिल्लाबाट शव पोखरा ल्याइएको थियो।

कास्की ल्याइएका शवमध्ये आइतबार साँझसम्म १५ वटा शव मात्रै आफन्तलाई हस्तान्तरण गरिएको छ। बाँकी ८७ शवको पोस्टमार्टम सम्पन्न भइसके पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

लामो समयसम्म शव राख्दा कुहिन थालेपछि दुर्गन्ध फैलिन थालेको छ। त्यसपछि पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शव व्यवस्थापनका लागि स्थानसमेत यकिन भइसकेको छ। यस विषयमा सोमबार बिहान सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने तयारी गरिएको छ।

“लामो समय शव राख्दा बिग्रिने भएकाले व्यवस्थापनमा पनि अप्ठ्यारो भयो। पहिचान नभएकालाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ र अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को विपद्सम्बन्धी मार्गदर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौँ,” बरालले भने।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबारदेखि पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन सुरु गरिने जानकारी दिए।

“शवको पोस्टमार्टम चलिरहन्छ। पोस्टमार्टम भएका तर पहिचान हुन बाँकी शवको सोमबार बिहानदेखि वैकल्पिक व्यवस्थापन सुरु हुन्छ,” कार्कीले भने।

पहिचान हुन बाँकी शवको डीएनए नमुना, औँठाछाप तथा अन्य आवश्यक विवरण सुरक्षित राखेर व्यवस्थापन गरिने बताइएको छ। पछि सनाखत भएमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्ने व्यवस्था मिलाइनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ऊर्जा मन्त्री श्रेष्ठ आज भोटेकोसी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा जाँदै

भोटेकोशी बाढी : बागलुङका १६ जना सम्पर्कविहीन, खोजीका लागि रसुवा पुग्दै स्थानीय टोली

चितवनमा राहत सामग्री संकलन कक्ष स्थापना

पोखरामा पाल्पाको ५०० वर्ष पुरानो ऐतिहासिक लाखे नाच प्रदर्शन

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

बागमती प्रदेश सरकारले विपद् प्रभावित चार जिल्लालाई ३ करोड दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu