काठमाडौं । विनाशकारी बाढी र पहिरोले ध्वस्त बनेको नेपाल–चीन सीमावर्ती केरुङ नाकामा सञ्चार सम्पर्क पुनः स्थापित भएको छ ।
तिब्बत स्वायत्त क्षेत्रका सञ्चार निर्देशकका अनुसार एउटा पुरानो बेस स्टेसनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । आपत्कालीन उद्धारलाई तीव्र बनाउन आठवटा नयाँ टेलिकम बेस स्टेसनहरू थपिएका चिनियाँ सरकारी सञ्चारसंस्था सिन्ह्वाले जनाएको छ ।
यससँगै सीमा क्षेत्रमा खटिएका उद्धारकर्मीहरूसँग टेलिफोन र डाटा सम्पर्क सहज बनेको छ ।
गत हप्ता हिमनदी फुटेर आएको लेदो र पानीको विशाल बहावले सबैभन्दा पहिले क्षति पुर्याएका स्थानमध्ये केरुङ नाका एक थियो ।
सञ्चार सेवा पुनः सुचारु भएसँगै तिब्बततर्फ बेपत्ता रहेका ५४६ जनाको खोजी तथा उद्धार कार्यमा ठूलो सहयोग पुग्ने अपेक्षा छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्