काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ।
निर्माण कम्पनी दीया एन्ड अमु फिल्म्सले आइतबार विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको चलचित्रको प्रदर्शन भोटेकोशी बाढीपछि सिर्जित असहज परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो।
निर्माण पक्षका अनुसार अब चलचित्र कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि देश शोक र विपद्को अवस्थामा रहेकाले पूर्वनिर्धारित प्रदर्शन मिति परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्।
रेखा थापाको निर्देशनमा बनेको चलचित्रको नयाँ प्रदर्शन मिति कात्तिक २० गते तोकिएसँगै दर्शकले अब केही समय पर्खिनुपर्ने भएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्