ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : ०५   बजे

काठमाडौं । रसुवाको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा उद्धार प्रयास प्रभावित भएको छ। आयोजनाको पावर हाउसमा लेदो र पानी भरिएका कारण उद्धार टोली भित्र प्रवेश गर्न नसकेको हो।

रसुवागढी हाइड्रोपावर कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार पावर हाउसको अवस्था अनुमान गरिएभन्दा कठिन देखिएको छ।

“त्यति सुखद समाचार छैन। भित्र खुला छ कि भन्ने लागेको थियो। तर, सबै पुरिएको रहेछ। भित्र जाने अवस्था भएन। उद्धार टोली फर्किएको जानकारी आएको छ,” न्यौपानेले भने।

उद्धार गर्न नसकेपछि टोली धुन्चे फर्किएको उनले जानकारी दिए। पावर हाउसमा ठूलो मात्रामा लेदो र पानी भरिएकाले भित्र फसेकाहरूको अवस्था पत्ता लगाउनसमेत कठिन भएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले रसुवा तथा नुवाकोटका जलविद्युत् आयोजना, प्रसारण लाइन र अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला

अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

त्रिशूली बाढीमा सुरुङबाट ज्यान जोगाएर निस्किएका कामदारको कहालीलाग्दो कथा

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

रसुवा बाढीपछि हिल्सा नाकाबाट फर्किए १४९ भारतीय पर्यटक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu