ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपीडितलाई उद्धारपछि पनि भविष्यको चिन्ता


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : ४५   बजे

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का बाढीपीडित अहिले काठमाडौंको सानोभर्‍याङस्थित एल्लो गुम्बामा आश्रय लिएर बसिरहेका छन्। उद्धार गरी काठमाडौं ल्याइएका करिब १६० स्थानीयमध्ये केहीले परिवारका सदस्य गुमाएका छन् भने केहीका घर बाढीले बगाएको छ। बाढीबाट जोगिएकाहरूलाई अबको जीवन कसरी अघि बढाउने भन्ने चिन्ता थपिएको छ। गोसाइँकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य पेमा दोर्जे घले पनि एल्लो गुम्बामै आश्रय लिइरहेका छन्। उनले तत्काल उद्धार तथा राहतको व्यवस्था भए पनि भविष्यलाई लिएर पीडितहरूमा ठूलो चिन्ता रहेको बताए। घलेका अनुसार गोसाइँकुण्ड–२ का वडाध्यक्षसहित एक दलित महिला सदस्य र अन्य एक वडा सदस्य गरी तीन जना अझै सम्पर्कविहीन छन्। गोसाइँकुण्ड–३ का मिङमर छिरिङ तामाङले बाढीपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने चिन्ता बढेको बताए। उनका अनुसार गोसाइँकुण्ड–३ बाट मात्रै १७ जना बेपत्ता भएका छन्। भोटेकोसीमा आएको भीषण बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर २, ५, १ र ३ सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले बस्ती, सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। उद्धारपछि सुरक्षित स्थानमा पुगेका पीडितका लागि अब दीर्घकालीन आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा र पुनःस्थापनाको व्यवस्था मुख्य चुनौती बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीको राहत व्यवस्थापनमा संघीय सरकार असफल : कांग्रेस मुख्य सचेतक थापा

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

सम्बन्धित

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

बाढीमा बेपत्ता भएकाहरुको तस्बिर टाँस अभियान

हिल्सा नाकामा अस्थायी क्वारेन्टिन स्थापना गरिँदै

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल किन्न सरकारको सैद्धान्तिक सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu