ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त बनायो। तर, बाढीको सूचना पाएलगत्तै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएका कारण ठूलो मानवीय क्षति हुनबाट भने विद्यालय जोगिएको छ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा १ हजार ६४३ विद्यार्थी अध्ययनरत छन्। बाढी आउँदा विद्यालयमा नियमित पठनपाठन भइरहेको थियो।

प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढी आउँदै गरेको सूचना एकैपटक तीन फरक स्रोतबाट आएपछि विद्यालय प्रशासनले तत्काल विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सुरक्षित स्थानतर्फ सार्ने निर्णय गरेको थियो।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बाढीबाट क्षतिग्रस्त भए पनि समयमै सतर्कता अपनाउँदा जोगिए ३० छात्रासहित विद्यार्थी। -प्रधानाध्यापक ...

“लेखापाल सरले आत्तिँदै फोन गरेर ‘बाढी आयो’ भन्नुभयो। सामाजिक शिक्षकले पनि ‘यहाँ सुरक्षित छैन’ भन्दै विद्यालयबाट निस्कनुभयो। त्यही बेला एकजना अभिभावक पनि आफ्नो बच्चा लिन विद्यालय आउनुभयो,” दवाडीले भने।

तीन ठाउँबाट एउटै सूचना आएपछि विद्यार्थीलाई तत्काल विद्यालयबाट बाहिर निकालिएको उनले बताए। केही विद्यार्थी घरतर्फ गए भने केहीलाई विद्यालयकै व्यवस्थापनमा सुरक्षित स्थानमा राखिएको थियो। गर्ल्स होस्टेलमा रहेका करिब ३० छात्रालाई समेत सुरक्षित स्थानमा सारिएको उनले बताए।

विद्यार्थी आतंकित, केहीलाई अस्पताल लगियो

अचानक आएको बाढीका कारण केही विद्यार्थी अत्यन्तै आत्तिएको र कतिपय प्यानिक अवस्थामा पुगेको प्रधानाध्यापक दवाडीले बताए।

आत्तिएका केही विद्यार्थीलाई मोटरसाइकलमार्फत अस्पताल पुर्‍याइएको थियो। सुरुमा विद्यालयकै नर्सिङ सेन्टरमा राखिए पनि त्यहाँ पनि जोखिम देखिएपछि अस्पताल लैजानुपरेको उनले बताए।

घरपरिवारसँग सम्पर्क हुन नसकेका विद्यार्थीहरू झन् संवेदनशील अवस्थामा रहेको दवाडीको भनाइ छ।

“उनीहरू अत्यन्तै प्यानिक अवस्थामा थिए। हामीले सम्झाउने, ढाडस दिने र सकेसम्म काउन्सिलिङ गर्ने प्रयास गर्‍यौँ। बालबालिकालाई ‘तिमीहरू सुरक्षित छौ’ भन्ने अनुभूति दिलाउन निरन्तर प्रयास गर्‍यौँ,” उनले भने।

‘डरभन्दा जिम्मेवारी ठूलो थियो’

विद्यार्थी उद्धारको क्षण सम्झिँदा आफूलाई डरभन्दा जिम्मेवारीको अनुभूति बढी भएको दवाडी बताउँछन्।

“मेरो दिमागमा एउटै कुरा थियो– यी विद्यार्थीहरूलाई जसरी पनि बचाउनुपर्छ। हामी ठूला मान्छे भएकाले परिस्थितिअनुसार केही न केही उपाय अपनाएर आफूलाई बचाउन सक्छौँ, तर यी विद्यार्थीहरूले त्यस्तो परिस्थितिमा आफूलाई जोगाउन सक्दैनन्,” उनले भने।

त्यही जिम्मेवारीले आफूहरूलाई डरभन्दा माथि उठेर काम गर्न प्रेरित गरेको उनको भनाइ छ।

‘१० मिनेटमै विद्यालय तहसनहस भयो’

दवाडीका अनुसार यति ठूलो बाढी आउला भन्ने विद्यालयले कल्पनासमेत गरेको थिएन। तर, होस्टेल ब्लकतर्फबाट पसेको बाढीले करिब १० मिनेटमै विद्यालयका संरचना तहसनहस बनाएको उनले बताए।

विद्यालयबाट माथितिर भागेर सुरक्षित स्थानमा पुगेपछि फर्केर हेर्दा केही क्षणमै विद्यालयका संरचना ध्वस्त भइसकेको दृश्य देखेको उनले बताए।

“अहिले पनि त्यो दृश्य सम्झँदा मन भारी हुन्छ। म हिजो पनि विद्यालय पुगेको थिएँ। भग्नावशेषबाहेक केही बाँकी छैन। कक्षाकोठाहरू हेरेँ, भित्ताहरू सुमसुम्याएँ,” उनले भावुक हुँदै भने।

दवाडीले आफूले पनि यही विद्यालयमा अध्ययन गरेको र यहाँ २३ वर्षदेखि काम गर्दै आएको बताए।

“मैले यही विद्यालयमा पढेँ, यहीँ हुर्किएँ। आज म जे छु, त्यसमा यही विद्यालयको ठूलो योगदान छ। विद्यालयलाई यस्तो अवस्थामा देख्दा आँसु आउँछ, सम्झिँदा मन भक्कानिन्छ,” उनले भने।

शिक्षक र कर्मचारी पनि सम्पर्कविहीन

बाढीबाट विद्यालयसँग सम्बन्धित परिवारसमेत प्रभावित भएका छन्। बजार क्षेत्रमा केही अभिभावक हताहत भएको खबर आएको र रसुवाबाट अध्ययन गर्न आएका विद्यार्थी तथा उनीहरूका परिवारको अवस्थाबारे पूर्ण विवरण प्राप्त हुन नसकेको दवाडीले बताए।

एकजना विद्यार्थीको सिंगो परिवार नै बाढीमा परेर गुमेको खबर आएको उनले जानकारी दिए।

विद्यालयका अधिकांश शिक्षक तथा कर्मचारी सुरक्षित रहेको जानकारी आए पनि शिक्षक सन्तोष परियार र कार्यालय सहयोगी छोल्ठिन लामा अझै सम्पर्कविहीन रहेको उनले बताए।

‘विद्यालय बनाउन सकिन्छ, विद्यार्थीको भविष्य रोक्न हुँदैन’

विद्यालयको भौतिक संरचना पुनर्निर्माण गर्न लामो समय लाग्ने भए पनि पठनपाठन भने रोक्न नहुने प्रधानाध्यापक दवाडीको भनाइ छ।

उनका अनुसार विद्यालयमा खोलावारि र पारि दुवैतर्फका विद्यार्थी अध्ययन गर्छन्। यस्तो अवस्थामा विद्यार्थीहरूसँगको शैक्षिक सम्पर्क कायम राख्न वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने हुनसक्छ।

“हिजोसम्म हामी विद्यार्थीलाई कसरी जोगाउने भन्ने अवस्थामा थियौँ। अब उनीहरूको भविष्य कसरी जोगाउने भन्ने सोच्नुपर्ने बेला आएको छ,” उनले भने।

अवस्था सामान्य बन्दै गए करिब १० दिनपछि अनलाइन कक्षा वा अन्य वैकल्पिक माध्यमबाट पाठ्यक्रम अघि बढाउने विषयमा विद्यालयले सोचिरहेको उनले बताए।

‘अब विपद् पूर्वतयारी विद्यालयकै योजनामा हुनुपर्छ’

दवाडीले यस घटनाबाट विद्यालय तथा स्थानीय सरकारले विपद् व्यवस्थापनसम्बन्धी ठूलो पाठ सिक्नुपर्ने बताए।

विद्यालयमा आपत्कालीन उद्धार योजना, सुरक्षित स्थानको पहिचान, विद्यार्थीलाई तत्काल बाहिर निकाल्ने प्रक्रिया, शिक्षक तथा कर्मचारीको जिम्मेवारी र विपद्का बेला विभिन्न निकायबीच समन्वय कसरी गर्ने भन्ने विषयमा नियमित अभ्यास आवश्यक रहेको उनको भनाइ छ।

“भौतिक संरचना फेरि बनाउन सकिन्छ, तर मानवीय जीवन गुमेपछि फर्काउन सकिँदैन,” उनले भने।

उनका अनुसार अब विद्यालय पुनर्निर्माणसँगै विद्यार्थीको सुरक्षा, मानसिक स्वास्थ्य, विपद् पूर्वतयारी र सिकाइ निरन्तरतालाई समेत प्राथमिकतामा राख्नुपर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

सम्बन्धित

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

रसुवाको बाढीमा ज्यान गुमाएका २१ वर्षीय आयुषको देवघाटमा अन्त्येष्टि

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि गृहमन्त्री गुरुङ उपकरणसहित घटनास्थलतर्फ

बाढीपछि सबैभन्दा पहिले बालबालिकालाई जोगाऔँ

बाढीपहिरोले विद्यालयमा ठूलो क्षति, सयौँ विद्यार्थी सम्पर्कविहीन

भोटेकोसी बाढी : तीन जिल्लाका १६ विद्यालयमा क्षति, २५१ विद्यार्थी र शिक्षक सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu