ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बेत्रावती आसपासका करिब २०० घर पूर्ण रूपमा बगाएपछि स्थानीयले तत्काल प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

बाढीबाट बेत्रावती क्षेत्र तहसनहस भए पनि विपद्को गम्भीरताअनुसार राज्यको प्रभावकारी उपस्थिति नदेखिएको स्थानीयको गुनासो छ। उनीहरूले तत्काल उद्धार तीव्र पार्दै नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

रसुवाको उत्तरगया गाउँपालिका–५, कैदेलेटारका स्थानीय विक्रम थापामगरका अनुसार पहिरोबेँसी, कैदेलेटार र बेत्रावती आसपासका करिब २०० घर बाढीले पूर्ण रूपमा बगाएको छ।

“त्यहाँ घरहरू केही पनि छैन। सबै बगरमा परिणत भएको छ। २०० घरजति थियो होला, त्यो केही पनि छैन,” थापामगरले भने।

विद्यालय गएका बालबालिकाको अवस्थाबारे चिन्ता

थापामगरले विद्यालय जान बसमा पठाइएका धेरै बालबालिका बाढीमा फसेको हुनसक्ने भन्दै तत्काल गम्भीरतापूर्वक खोजी तथा उद्धार अभियान सञ्चालन गर्न आग्रह गरे।

उनका अनुसार बाढीले बस्ती नै बगरमा परिणत गरेको अवस्थामा प्रभावित नागरिकको अवस्था अत्यन्तै दयनीय छ।

यस्तो ठूलो विपद्को समयमा समेत प्रभावित रसुवावासीले सरकारको पर्याप्त साथ र सहयोग नपाएको उनले गुनासो गरे।

स्थानीयले बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार, विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा तत्काल राहत वितरणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

कृष्णभीरमा पहिरोपछि पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौं आउन चार वैकल्पिक मार्ग

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

रसुवा बाढीका बेपत्ताको खोजीमा चितवनमा सेना सक्रिय, १० शव फेला

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu