ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीको असर नुवाकोटको बेलकोटगढीमा : तीन वडामा सयौँ घर प्रभावित, अस्थायी बसोबासको माग


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको असर नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन वडामा परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेलकोटगढीका ५, ७ र ८ नम्बर वडा बाढीबाट बढी प्रभावित भएका छन्।

बाढीपछि राहत तथा उद्धारको अवस्था बुझ्दा प्रभावित क्षेत्रमा खाद्यान्नलगायत राहत सामग्री पुग्न थाले पनि बसोबासको समस्या भने मुख्य चुनौतीबनेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

वडा नम्बर ५ : ३०–३५ घर बस्नै नसक्ने

बेलकोटगढी–५ का वडाध्यक्ष मदन भुजेलका अनुसार बाढीले करिब ३० देखि ३५ घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन्। एउटा पोल्ट्री फार्मसमेत बाढीले बगाएको छ।

रसुवागढीमा काम गर्न गएका वडाका पाँच जनामध्ये तीन जना अझै सम्पर्कविहीन छन्। एक जनाको शव फेला परेको र एक जना सकुशल फर्किएको वडाध्यक्ष भुजेलले बताए।

“काम गर्न जानुभएको पाँचजनामा एकजनाको शव फेला परेको छ। एकजना सकुशल आउनुभयो। तीनजना अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन।”

बाढी र पहिरोले खेतीयोग्य जमिनसमेत ठूलो मात्रामा पुरिएको छ। कतिपय परिवारको १५–१६ रोपनीसम्मको जमिन बाढी तथा पहिरोले पुरेको वा बगाएको वडाध्यक्ष भुजेलले बताए।

उनका अनुसार खोला आसपास अझै पहिरो खसिरहेको छ। पालिका तथा विभिन्न संघसंस्थाबाट खाद्यान्नलगायत राहत सामग्री प्राप्त भइरहेको भए पनि बस्ने ठाउँको अभाव प्रमुख समस्या बनेको छ।

“घरहरू नबगेकाले सामग्री त बाँकी पनि छन्। तर, बस्नका लागि ठाउँ भएन। राति पनि सानो बच्चा र सुत्केरी महिलाहरू बोकेर जंगल–जंगल भागिरहनु परेको छ।”

प्रभावित परिवारलाई एकै ठाउँमा सामूहिक रूपमा राख्ने सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने स्थानीयको माग रहेको उनले बताए।

वडा नम्बर ७ : ६४ घर पूर्ण क्षति

बेलकोटगढी–७ मा बाढीले ६४ घर पूर्ण रूपमा क्षति गरेको वडा सदस्य गमला लामाले जानकारी दिइन्। मानवीय क्षति नभए पनि चीनमा काम गर्न गएका एक जना स्थानीय अझै सम्पर्कविहीन रहेको उनले बताइन्।

प्रभावित परिवारलाई विद्यालय तथा क्याम्पसका भवनमा होल्डिङ सेल्टर बनाएर राखिएको छ।

खाद्यान्नको तत्काल समस्या नरहेको वडा सदस्य लामाको भनाइ छ। बेलकोटगढी नगरपालिकाले पहिलो चरणमा खाद्यान्न वितरण गरेको र त्यसपछि जिल्ला विपद् व्यवस्थापन समिति, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट खाद्य सामग्री प्राप्त भइरहेको उनले बताइन्।

तर, बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। तार्केश्वर जोड्ने पक्की पुल र बेलकोटगढी–८ जोड्ने पुल बगेका छन्। दुई वटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

विद्युत् सेवा पुनःस्थापनाका लागि प्रयास भइरहेको छ। राहतसँगै अब अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने वडा सदस्य लामाको जोड छ।

“सधैँभरि त्यसरी होल्डिङ सेन्टरमा बसेर त नहोला। अस्थायी बसोबासको व्यवस्था गर्न सकियो भने चाहिँ अलिक राम्रो होला।”

वडा नम्बर ८ : एक जनाको मृत्यु, सात सम्पर्कविहीन

बेलकोटगढी–८ मा बाढीका कारण एक जनाको मृत्यु भएको छ। वडाध्यक्ष सुरेशलाल चित्रकारका अनुसार जीतबहादुर तामाङलाई बाढीले बगाएको हो। तामाङ स्थानीय ज्येष्ठ नागरिक भवनमा बस्दै आएका थिए।

यस वडाबाट काम तथा यात्राका क्रममा बाहिरिएका सात जना अझै सम्पर्कविहीन छन्।

वडाध्यक्ष चित्रकारका अनुसार बाढीबाट करिब ३०० जना प्रभावित भएका छन्। करिब ६५ घर प्रभावित भएकामा ३०–३५ घर अत्यधिक प्रभावित छन्। स्थानीयको खेतीयोग्य जमिनसमेत बाढीले बगाएको छ।

बाढीले ५–६ वटा ट्रस्ट समेत बगाएको छ। विभिन्न संघसंस्थाबाट राहत सामग्री आउन थालेको र प्रभावित नागरिकका लागि खानाको व्यवस्था गरिएको उनले बताए।

तर, वडा जोड्ने पक्की पुल बगेपछि सडक सम्पर्कमा समस्या भएको छ।

राहतसँगै अब बसोबासको चुनौती

बेलकोटगढी नगरपालिकाका ५, ७ र ८ नम्बर वडाका जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री आउन थाले पनि अबको प्रमुख चुनौती अस्थायी बसोबास व्यवस्थापन रहेको बताएका छन्।

बाढीबाट घर तथा जमिनमा क्षति पुगेका, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई सुरक्षित स्थानमा राख्ने दीर्घकालीन व्यवस्था तत्काल आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्रभावित क्षेत्रमा अझै पहिरो खस्ने क्रम जारी रहेकाले जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै अस्थायी आवास, सडक तथा पुल पुनःस्थापना र विद्युत् सेवा सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता

ऊर्जा मन्त्री श्रेष्ठ आज भोटेकोसी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा जाँदै

भोटेकोशी बाढी : बागलुङका १६ जना सम्पर्कविहीन, खोजीका लागि रसुवा पुग्दै स्थानीय टोली

चितवनमा राहत सामग्री संकलन कक्ष स्थापना

पोखरामा पाल्पाको ५०० वर्ष पुरानो ऐतिहासिक लाखे नाच प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu