काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूप्रति ऐक्यबद्धता जनाएको छ।
काठमाडौँ स्पोर्टस् डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ। टोलीले सामाजिक सञ्जालमार्फत राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको जानकारी दिएको हो।
काठमान्डु गोर्खाजले आर्थिक सहयोग पीडित परिवारले भोगेको पीडा र क्षतिको तुलनामा सानो भए पनि विपद्का बेला हुने हरेक सामूहिक प्रयास महत्वपूर्ण हुने बताएको छ।
‘यो वित्तीय सहयोग पीडित परिवारहरूले भोगेको पीडा र क्षतिको तुलनामा केही होइन, तर हरेक सामूहिक प्रयासको ठूलो महत्त्व हुन्छ भन्नेमा हामी दृढ विश्वास गर्छौँ,’ गोर्खाजले भनेको छ।
टोलीले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकार, सुरक्षा निकाय, राहतकर्मी तथा आम समुदायबीच एकीकृत प्रयास आवश्यक रहेको जनाएको छ।
गोर्खाजले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय र अग्रपंक्तिमा रहेका राहतकर्मीलाई सहयोग गर्नव्यक्ति, संघसंस्था तथा समुदायलाई समेत अपिल गरेको छ।
‘प्रभावित समुदायलाई पुनरुत्थानको दिशामा लैजान हामी सम्पूर्ण व्यक्ति, संघसंस्था तथा समुदायहरूमा हार्दिक अपिल गर्दछौँ,’ गोर्खाजको विज्ञप्तिमा उल्लेख छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्