ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरवा–चरवाको अधिकार माग्दै मधेस भवन अगाडि एक सातादेखि धर्ना


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

जनकपुरधाम । हरवा–चरवा समुदायको अधिकार र पुनःस्थापनाको माग गर्दै जनकपुरधामस्थित मधेस भवन अगाडि सुरु गरिएको धर्ना कार्यक्रम एक सातादेखि निरन्तर जारी छ।

हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा भइरहेको धर्नामा मधेस प्रदेशका आठवटै जिल्लाका प्रतिनिधिहरू सहभागी छन्।

संघर्ष समितिले हरवा–चरवा परिवारको लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरणको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ।

लामो समयदेखि भूमिहीनता र श्रम शोषणको चपेटामा रहेका हरवा–चरवा समुदायको पहिचान गरी उनीहरूको दिगो पुनःस्थापनाका लागि स्पष्ट कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने समितिको मुख्य माग छ।

संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरवा–चरवा समुदायको अधिकार र पुनःस्थापनाका विषयमा विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरेका कारण आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए।

“हामी एक सातादेखि आन्दोलित छौँ, तर सरकारी पक्षबाट हालसम्म कुनै सुनुवाइ भएको छैन। यदि हाम्रा मागलाई बेवास्ता गरिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ।”

समितिले सरकारलाई आफ्ना मागप्रति गम्भीर बन्न तथा विगतमा भएका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।

माग सम्बोधन नभएसम्म धर्ना तथा दबाबका कार्यक्रमलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

भोटेकोसी बाढीपीडितलाई उद्धारपछि पनि भविष्यको चिन्ता

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

बाढीमा बेपत्ता भएकाहरुको तस्बिर टाँस अभियान

हिल्सा नाकामा अस्थायी क्वारेन्टिन स्थापना गरिँदै

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu