ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईयूको कडा कानुनी निगरानीमा च्याटजीपीटीसहित तीन डिजिटल प्लेटफर्म


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४५   बजे

काठमाडौं । युरोपेली संघ (ईयू)ले ओपनएआईको च्याटजीपीटीसहित तीन ठूला डिजिटल प्लेटफर्मलाई कडा कानुनी दायरामा समेटेको छ।

ईयूले अगस्ट ३१ मा च्याटजीपीटीलाई ‘सर्च इन्जिन’को श्रेणीमा राख्दै थप नियमनको दायरामा ल्याएको हो। त्यस्तै, सामाजिक सञ्जाल प्लेटफर्म रेडिट र गेमिङ प्लेटफर्म रोब्लक्सलाई ‘अत्यन्त ठूला अनलाइन प्लेटफर्म’का रूपमा सूचीकरण गरिएको छ।

ईयूकी टेक प्रमुख हेना भिरकुनेनका अनुसार नागरिक तथा समाजमा यी प्लेटफर्मको व्यापक प्रभाव रहेकाले अब उनीहरूले उच्चस्तरीय अनुगमन र जवाफदेहिताका मापदण्ड पालना गर्नुपर्नेछ।

ईयूका २७ सदस्य राष्ट्रमा मासिक ४ करोड ५० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता भएका डिजिटल प्लेटफर्ममा यस्तो व्यवस्था लागू हुन्छ। च्याटजीपीटी, रेडिट र रोब्लक्सले आफूहरूसँग उक्त सीमाभन्दा बढी प्रयोगकर्ता रहेको स्वीकार गरेका छन्।

यी तीनै प्लेटफर्मलाई डिजिटल सर्भिसेज एक्ट (DSA) अन्तर्गतका अतिरिक्त दायित्व पूर्ण रूपमा पालना गर्न चार महिनाको समय दिइएको छ।

नयाँ व्यवस्थाअनुसार प्लेटफर्महरूले अवैध सामग्रीको प्रसार रोक्न, बालबालिका तथा नाबालिगमाथि पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न र प्रयोगकर्ताको शारीरिक तथा मानसिक स्वास्थ्यको सुरक्षा गर्न विशेष कदम चाल्नुपर्नेछ।

त्यसैगरी, निर्वाचन प्रक्रिया तथा सार्वजनिक सुरक्षामा हुन सक्ने जोखिम कम गर्न पनि थप व्यवस्था गर्नुपर्ने ईयूले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

सम्बन्धित

२५० दिनभन्दा बढी समुद्रमा बिताएर थाइल्यान्ड पुग्यो अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’

इरानका सैन्य संरचनामा अमेरिकाको भीषण हवाई हमला, जवाफमा इरानद्वारा मिसाइल र ड्रोन प्रहार

अमेरिका–इरानबीच फेरि सैन्य द्वन्द्व चर्कियो, दुवै पक्षबाट आक्रमण

विवाह समारोह भइरहेको घरमा अमेरिकी बमबारी, इरानको आरोप

डोनबास कब्जा नगरी युद्ध अन्त्य गर्दा सत्ता गुम्ने डरमा पुटिन

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको बिदाइ : आँसुबाट विश्वविजेतासम्मको अविस्मरणीय यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu