काठमाडौं । कर्णाली शिवराजले आगामी नेपाल भलिबल लिग (एनभीएल)का लागि बेलारुसका आर्टसियोम कुड्रासोउलाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
कुड्रासोउ आउटसाइड हिटर पोजिसनमा खेल्नेछन्। उनको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।
कर्णाली शिवराजले यसअघि पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।
दुवै विदेशी खेलाडीको आगमनसँगै कर्णाली शिवराजले आगामी एनभीएलमा प्रतिस्पर्धात्मक टोली उतार्ने तयारी गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्